नियम ६५
ढिला दस्तुर लागेको चिठ्ठी
महानिर्देशक वा निजद्वारा अधिकार प्राप्त अधिकारीले ढिला चिठ्ठी हुलाकपत्र तथा हवाईपत्र निर्धारित समय भित्र दाखिल हुन आएमा उही डाँकद्वारा चलान गरिनेछ । प्रत्येक चिठ्ठी हुलाकपत्र तथा हवाईपत्रको निमित्त ढिला दस्तुर सम्बन्धित दस्तुरमा थप नेपाल सरकारले तोकिदिए बमोजिमको टिकट टाँसी चुक्ता गर्नु पर्नेछ । ढिला दस्तुर लिई उपयुक्त वस्तुहरू हुलाकद्वारा चलान गर्न सकिने हुलाक अड्डाहरू र दाखिल गर्ने तरिका महानिर्देशकले तोकिदिए बमोजिम हुनेछ ।